ललितपुरको धोबीघाटस्थित कबाडी कारखानामा आगलागी हुँदा ३ जना घाइते

ललितपुर, असोज ५। ललितपुरको धोबीघाटस्थित एक कबाडी सामान राखिएको कारखानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
आगलागीमा परी दुई जना भारतीय र एक जना घाइते हुनेमा चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण केदा र राम आशिस शाह जलेर घाइते भएका छन् । उनीहरु सबैको सानेपास्थित स्टार हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
दिउँसो १ बजेतिर लागेको आगलागीमा उपत्यकाका तीनवटै दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । बिजुली सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय