काठमाडौंको कपनमा भीषण आगलागी, दुई जनाको मृत्यु

काठमाडौं, असोज ५। कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । कपनको राममन्दिर नजिकैको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो। मृत्यु हुनेहरुको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर विस्फोटको आवाज पनि सुनिएको र ठूलो क्षति भएको स्थानीयबासिन्दाले बताएका छन् । आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय