भक्तपुरको सूर्यविनायकमा दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु

भक्तपुर, असोज ६ । सूर्यविनायक नगरपालिका-८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा१प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ ।
बसको ठक्करबाट घाइते हुनुभएका भक्तपुर नगरपालिका-१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीले ठक्कर दिने सवारीसाधन र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई हाल काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय