मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु
१७ जना घाइते

रुकुम, असोज ६ । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एक जना सहित ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा।३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो। उक्त बसमा ३५ जना सवार थिए ।
हालसम्म मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ २०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय