Kath Khabar
भक्तपुरमा पानीको गाडीले किचेर १७ महिने शिशुको मृत्यु

 

               भक्तपुर, असोज ७ । भक्तपुर लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिने छोरा सलिन श्रेष्ठको पानीको गाडीले किचेर मृत्यु भएको छ। 

शुक्रबार बिहान पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडी मुनी खेल्दाखेल्दै पुगेका बालक, चालककले पानी झारेर अगाडी बढाउँदा गम्भीर घाइते भएका थिए । गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढाउँदा गम्भीर घाइते भएका उनलाई तत्काल समिट अस्पताल उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मेलम्ची घर भई हाल मूलपानी बस्ने २३ वर्षीय गाडी चालक आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update