Kath Khabar
सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन


             काठमाडौं, असोज ८। सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले अनशन तोड्नुभएको छ । बिरामीको हातबाट जुस पिएर डा.केसीले अनशन तोड्नुभएको हो ।

डा. केसीका मागमध्ये धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन नसकेको बताइएको छ । साथै समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिनुभएको छ ।

डा.केसीले भदौ २७ गतेदेखि विभिन्न ७ बुँदे माग राख्दै धनगढीबाट २० औं सत्याग्रह सुरु गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update