Kath Khabar
न्युरोडमा यी दिन सवारीसाधनहरूको प्रवेश निषेध

 

             काठमाडौं, असोज १०। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ।

कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि 'डाइभर्सन' गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ।

प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ।

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update