इन्टरपोलद्धारा सन्दीप लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी
लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्ने

काठमाडौं, असोज १०। बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।
सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई फरार सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो ।
नोटिस जारी भएसँगै लामिछाने प्रहरीको फरार सूचीमा परेका छन् तथा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् ।
आइतबार मात्रै लामिछानेले फेसबूकमा स्टाटस राख्दै आफू विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्नलाई नेपाल फर्किने तरखरमा रहेको बताएका थिए । आफू बिरामी अवस्थाबाट गुज्रिन परेकोले आइसोलेसनमा बसेको कुरा व्यक्त गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ २१:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय