Kath Khabar
सल्यान जीप दुर्घटना ज्यान गुमाउने आठैजनाको पहिचान खुल्यो


               सल्यान, असोज १२। सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप करिब १ बजे सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकैको मूलपानी भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली र जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा रहेका छन् ।

९ जना सवार जिपमा एकजना मात्र घाइते भएका छन्, बाँकी सबैको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरबाट उपचारको लागि बाँके रिफर गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update