त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाईने
विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने

काठमाडौं, असोज १२ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा नउडाउन चेतावनी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना निकालेर विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै चेतावनी दिएको हो ।
विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न र नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले आग्रह पनि गरेको छ ।
कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत प्राधिकरणले चेतावनी दिएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय