Kath Khabar
जुम्लाबाट स्याउ लिएर सुर्खेत हिंडेको ट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गयो

         जुम्ला, असोज १३ ।  जुम्लामा स्याउ बोकेको ट्रक गएराति दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्युलाबाट स्याउ लिएर सुर्खेतका लागि छुटेको वाग्मति प्रदेश-०३-००१ ख २१६४ नम्बरको ट्रक हिमा गाउँपालिका-१ आचार्य लिहीको बझाङे खोलामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा ट्रकका चालक मकवानपुरका अविनाश लामाको ज्यान गएको छ । यस्तै सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update