डेङ्गीबाट थप दुईजनाको मृत्यु, यो सहित ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो
अहिलेसम्म २८ हजार १ सय जनामा सङ्क्रमण

काठमाडौं, असोज १३। नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभरका २८ हजार १ सय ९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।
प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार ९ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा ३ हजार १ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश १ मा ८ सय २९, मधेस प्रदेशमा ४ सय १३, गण्डकीमा ६ सय ७७, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ १९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय