Kath Khabar
अरनिको र वीपी राजमार्गको काभ्रे खण्डमा टिपर चलाउन निषेध


               काभ्रेपलाञ्चोक, असोज १४ । दशैँमा गाडी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेको दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र वीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य गाडीका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक गाडीका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौबाट दशैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न यो निर्णय गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update