
काठमाडौं, असोज १५ । आउँदो बुधवार विजयादशमीदेखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ भने एकादशीको दिन अझ धेरै वर्षा हुने सम्भावना रहेको छ । हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा मिति २०७९-०६-१८ देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ भने एकादशीको दिन अझ धेरै वर्षा हुने सम्भावना रहेको छ ।
देशका धेरै स्थानहरूमा यो साताको शुरूमा मौसम आंशिक बदली रहे पनि साताको मध्य र अन्त्यमा सामान्य देखि पूर्ण बदली रहनेछ । साताको मध्य र अन्त्यमा वर्षाको सम्भावना रहनेछ भने मधेश प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा साताको मध्यमा र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने देशका धरै भू(भागमा अधिकतम र न्यूनतम तापक्रम केही घट्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।