सन्दीप लामिछाने असोज २० गते नेपाल आइपुग्ने

काठमाडौं, असोज १५ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् । उनले नेपाल आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्।
केही दिन अगाडि उनले सामाजिक सञ्जालमार्फत नै मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आफू आइसोलेशनमा बसेकोले नेपाल आउन ढिला भएको उल्लेख गरेका थिए । लामिछानेले आफूमाथि लागेको आरोप झुटो भएको र नेपाल आएर आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । साथै उनले छिटोभन्दा छिटो न्याय पाउनेमा आशावादी रहेको पनि उल्लेख गरेका छन् । लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९ १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय