Kath Khabar
ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ


             ललितपुर, असोज १५। महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २७ वर्षीय सुदिप श्रेष्ठ लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय ५० रूपैयाँ  र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update