Kath Khabar
आज र भोलि यी ठाउँमा भारी वर्षाको सम्भावना

        

              काठमाडौं, असोज १८। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर अवस्थित रहेको छ। मनसुनी प्रभाव नसकिएकाले बदली तथा वर्षा जारी नै रहेको छ । आज रातिदेखि भोलिसम्म पनि मौसम बदली नै रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

आज राती प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।   

भोलि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update