काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, असोज २१। काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिएको हो । मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।
ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ ०८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय