अबिरल वर्षाका कारण धनामाल नष्ट

काठमाडौं, असोज २३ । दाङको बबई गाउँपालिका-३ हंसपुर बस्ने धन बहादुर केसी समेत ४ जनाको घर तथा गोठ शनिबार दिउँसो अबिरल वर्षाका कारण पूर्णरुपमा भत्किँदा करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्युठानको प्युठान नगरपालिका, ऐरावती, झिमरुक गाउँपालिका तथा नौबहिनी गाउँपालिका-६ बाहानेमा शुक्रबार राति अबिरल बर्षाका कारण १० जनाको घर र गोठ पूर्णरुपमा भत्केको छ । साथै झिमरुक गाउँपालिका-७ स्थित झिमरुक तुषारा लिफ्ट खानेपानी आयोजनाको करिब ९ सय मिटर जिआई पाईप पहिरोको कारण लाकुरी खोलाले बगाउँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय