आगलागीबाट धनमाल जलेर नष्ट
विद्युत सर्ट भई रति आगलागी हुँदा पसल र पसल भित्र रहेको विभिन्न प्रकारको सामानहरु अन्दाजी ३ करोड रुपैयाँ बराबरको घनमाल जलेर नष्ट भएको छ ।

झापा, असोज २३ । बिर्तामोड नगरपालिका-५ मुक्ति चोक स्थितमा सोही नगरपालिका जात्रुबाडी बस्ने सुस्मा फेदापेलको रिद्धिसिद्धी कपडा पसलमा विद्युत सर्ट भई आइतबार रति आगलागी हुँदा पसल र पसल भित्र रहेको विभिन्न प्रकारको रेडिमेड फेन्सी कपडा,जुत्ता लगायत डेकोरेसनका सामानहरु समेत अन्दाजी ३ करोड रुपैयाँ बराबरको घनमाल जलेर नष्ट भएको छ ।
साथै सोही आगो फैलिएर सोही पसलको माथिल्लो तलामा रहेको सोही ठाउँ बस्ने अभिषेक अग्रवालको हाईफ नेपाल हस्पिटालिटी होटलमा समेत आगलागी हुँदा अन्दाजी २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानिय वासिन्दा, सशस्त्र प्रहरी बल तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय