Kath Khabar
पहिरोको कारण विभिन्न स्थानमा सडक अवरूद्ध

             काठमाडौं, असोज २३ । मुस्ताङको थासाङ गाउँपालिका-४ बेनी-जोमसोम-कोरोला सडक खण्डस्थित घोप्टे भिरमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । 

दैलेखको दुल्लु नगरपालिका-३ र्याखलेखोला,चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ पादुका र सोही नगरपालिका-७ चिसाखोला स्थित कर्णाली राजमार्गमा शनिबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबांजस्थित गोकुलेश्वर-दार्चुला सडक-खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । 

दाङको घोराही उपमहानगरपालिका-१७ सिस्ने खोलास्थित घोराही-बङ्लाचुली सडक खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका-२ स्थित दिपायल सडक-खण्ड र सोही गाउँपालिका-१ शहुखर्कस्थित धनगढी सडक खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । नजिकैको प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update