Kath Khabar
भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ 

              काठमाडौं, असोज २४ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६० ग्राम तौलको औठी ३ थान र आईफोन मोबाईल २ थान सहित रामेछाप सुनापती गाउँपालिका-२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाईल फेला पारी पक्राउ गरेको हो । उक्त धातु र मोबाईल सहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update