Kath Khabar
काठमाडौंको क्षेत्रपाटीमा एक व्यक्ति मृत अवस्थामा फेला


                काठमाडौं, असोज २६ । काठमाडौं महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका-८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका–१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका–५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सोही नगरपालिका थापा चौराहाबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update