बारामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

बारा, असोज २६ । बारामा एकै परिवारका तीन जना मृताअवस्थामा भेटिएका छन् ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँभन्दा २ किलोमिटर पर उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । दिउँसो साढे २ बजेतिर ढोरा खोला किनारमा तीन जनाको शव फेला परेको जानकारी आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।
मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइहेकोको छ ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय