Kath Khabar
सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिँदै

                    काठमाडौं, असोज २७ । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा असोज २० गते पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । गत सोमबार २० गतेबाट लागू हुनेगरी प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो ।
 
गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update