
काठमाडौं, असोज २७ । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । पहिलो पटक ७ दिनको म्याद दिएको अदालतले यस पटक थप ५ दिन हिरासतमा राख्न अनुमती दिएको हो।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।
सन्दीप लामिछानेलाई गत असोज २० गते काठमाडौं आइपुग्ने वित्तिकै प्रहरीले हतकडी लगाएर प्रहरी कार्यालय उपस्थित गराएको थियो तर आज म्याद थपका लागि उनी हतकडी बिना उपस्थित भएका थिए । उनको हातमा हतकडी थिएन ।