Kath Khabar
पर्साकी कविताले जन्माइन् तिम्ल्याहा बच्चा


               पर्सा, असोज २८। पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका-९ हरियरपुरकी कविता देवीले शल्यक्रियामार्फत तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिनुभयो । डा सर्राफका अनुसार छोरीको तौल १.४ केजी र छोराहरुको तौल क्रमश १.८ र १.५ केजी रहेको छ ।

उहाँले आमा र जन्मेका बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनीहरुलाई आमासहित चिकित्सकको निगरानीमा राखिएको जानकारी दिनुभयो । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update