Kath Khabar
थापाथलीको क्रियापुत्री भवनमा महानगरको डोजर


                       काठमाडौं, असोज २८। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ।

महानगरले सुकुम्बासी बस्तीको अतिक्रमित घरहरु, रुद्रेश्वर मन्दिरसँगै रहेको क्रियापुत्री भवन भत्काएको छ । महानगरले रुद्रेश्वर मन्दिरका पुजारी बस्ने घर पनि खाली गराएको छ ।

हिजो महानगरले थापाथलीको सडकमा ठेलागाडा पनि हटाएको थियो । कुनै विकल्प नदिई ठेलागाडा हटाएको भन्दै महानगरको विरोध भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update