छोरी जन्मिएपछि अस्पतालकै तीन तलामाथिबाट हाम फाले बाबुले

काठमाडौं, असोज २८। प्रसूति गृहको तीन तलामाथिबाट एक पुरुषले हामफालेका छन् ।
काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका एक पुरुषले अस्पतालको तीन तलामाथिबाट हाम फालेका हुन् । कपन निवासी स्वयम तामाङ श्रीमतीलाई सुत्केरी गराउन बिहिबार राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको प्रहरीको भनाइ छ ।
उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय