ललितपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

ललितपुर, असोज २९। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभुमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ । दुर्घटनामा सर्लाहीका २६ वर्षीय मोहनबाबु खत्रीको ज्यान गएको हो।
बा ९३ प ८९० नम्बरको उक्त मोटरसाइकल इमाडोलदेखि लुभुतर्फ जाँदै गर्दा अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।
खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय