वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भएको छ ।
उहाँको १०३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशी २४ दिनदेखि उपचारत हुनुहुन्थ्यो । उहाँको छातीमा निमोनिया सङ्क्रमणका साथै मुटुरोग र डेङ्गी सङ्क्रमण देखिएको थियो । उहाँलाई आईसीयूमै राखेर उपचार हुँदै आएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय