शताब्दी पुरुष जोशीको पार्थिव शरीर नजलाई अध्ययनका लागि राखिने
पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा राखिने

काठमाडौं, असोज ३०। वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई नजलाई अध्ययनका लागि राखिने भएको छ ।
पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको छ । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी रहेको छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो ।
संस्कृतिवीद् सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ। राष्ट्रिय सम्मान दिएपछि पार्थिव शरीर पुनः किस्ट अस्पतालमा ल्याइनेछ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय