ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सानोठिमीबाट निकोसेरा जाँदै गरेको ट्याक्सी र विपरीत दिशा जाँदै गइरहेको मोटरसाइकल आपसमा ठोक्किएका थिए
भक्तपुर, असोज ३०। भक्तपुरमा गएराति मध्यपुर ठिमी नगरपालिका-६ बाहाखा भिमसेन चोकमा बा १ ज ९०६० नम्बरको ट्याक्सीले बा ८३ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौंको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भीर घाइते भएका थिए ।
सानोठिमीबाट निकोसेरा जाँदै गरेको ट्याक्सी र विपरीत दिशा जाँदै गइरहेको मोटरसाइकल आपसमा ठोक्किएका थिए। घाईते दिपेन्द्र पण्डितको उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो। उपचारत दिपेन्द्रको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय