पोखरा दुर्घटनापछि देशभरका प्याराग्लाइडिङ बन्द
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको बताए

काठमाडौं, असोज ३०। नागरिक उड्डयन प्राधिकरणले आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ। प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो।
आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको हो।
तर, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको बताए। अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको, जानकारी दिए।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय