Kath Khabar
जन्मकुण्डली जलाएर सत्यमोहन जोशीको अन्त्येष्टि गरियो
तस्विर : गिरीश गिरी

 

              काठमाडौं, असोज ३१ । आइतबार बिहान निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ।

जोशीको अन्तिम इच्छा अनुसार अस्पताललाई शव दान गरेपछि जोशीका दुई छोराहरुले आइतबार नै उहाँको जन्मकुण्डली जलाउनु भएको थियो । जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएको जोशीका आत्मकथा लेखक गिरीश गिरीले ट्विटरमार्फत् जानकारी दिएका थिए ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update