ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङ, कात्तिक २। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा चालक मैवाखोला-५ काम्साङका ३१ वर्षीय पासाङ शेर्पा, उनका भाई २४ वर्षीय फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षीया सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षीया लाकी शेर्पा रहेको प्रहरीले जनाएको छ ।तेल्लाबुङबाट मैवाखोला गाउँपालिका वडा नं ५ जाने क्रममा ५६५५ नम्बरको ट्याक्टर दुर्घटनामा भएको हो।
घटनाको विस्तृत विवरण संकलन भइरहेकोे प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय