अवैध चिनी लोड गरिएका दुई वटा ट्रक नियन्त्रणमा

पश्चिम नवलपरासी, कात्तिक २। पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट कार्तिक २ गते करीव ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।
बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय