क्रिकेटर सन्दिप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, कात्तिक २ । १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
यसअघि पहिलो पटक सात दिनका लागि र दोस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो । प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आईतबार प्रस्तुत गर्ने शर्तमा ४ दिनको म्याद थपिएको हो।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय