Kath Khabar
कालीकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते


                 कालिकोट, कात्तिक १२। तिलागुफा नगरपालिका–१० रानावाडास्थित तिलागुफा नगरपालिका–१० रानावाडास्थित खेतबारीको गोरेटो बाटोमा प्रेसर कुकर बम शनिबार बिहान बिस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ । गोरेटो बाटोमा प्रेसर कुकर बम शनिबार बिहान बिस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३ वर्षीया झरना थापा र ४ वर्षीया सरस्वती राना रहेका छन् ।

उक्त स्थानमा पुरानो प्रेसर कुकर बम बच्चाहरुले फेला पारी खेलाउने क्रममा पड्किन जाँदा ५ जना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चिल्खाँयाबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि स्वास्थ्य चौकी चिल्खाँया पठाएको झरना थापाको सोही स्वास्थ्य चौकीमा र सरस्वती रानाको प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update