पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा ५ को मृत्यु, २५ घाइते

पाल्पा, कात्तिक १३। पाल्पाको रामपुरबाट गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बस बुलिगंटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा आज बिहान ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९ १०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय