1667107984.jpg)
काठमाडौं, कात्तिक १३ । दुई वर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरू नहुँदा कलाकारहरू फुर्सदमा थिए ।
अहिले कोभिडको जोखिम सकिएसँगै गायक तथा कलाकारहरू देश तथा विदेशमा हुने विभिन्न कार्यक्रमहरूमा व्यस्त हुने क्रम बढेको छ । नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको ’नयाँ वर्ष धमाका’ सांगीतिक कार्यक्रममा सुगम पोखरेल, मेलिना राई र सुनिल सिंह ठकुरीले दर्शकलाई मनोरञ्जन दिनु हुनेछ ।
कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यका साथ संचालन हुन लागेको सांगीतिक कार्यक्रम जापानका बिभिन्न छ वटा शहरमा हुनेछन् । लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो शहरमा हुनेछ। कार्यक्रम जापानका ठूला शहरहरु टोकियो, ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका शहरमा हुँदैछ । टोकियोमा डिसेम्बर २५ तारिख आइतबारको दिन रोपंगी जेस नाइट क्लबमा हुनेछ ।
कार्यक्रमका आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ । लामो समय देखि जापान बस्दै आएका शाहको समुहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरिसकेको छ ।