सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै
नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

काठमाडौं, कात्तिक १५ । जबरजस्ती करणीको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । बुधबार साँझसम्म अदालतको फैसला आउनसक्ने बताइएको छ ।
नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १०:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय