बेसहारालाई खाना खुवाउँदै अमृत गुरुङ

नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङ आज रानीवनस्थित मानवसेवा आश्रम शाखा कार्यालयमा आश्रितलाई भोजन सेवा गराउनुहुँदै । उहाँले आश्रमले अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । मानवीय सेवाका लागि आश्रमसँगको सहकार्यमा आगामी मङ्सिर १६ गतेदेखि मुलुकका १० शहरमा महिनाव्यापी साङ्गीतिक कार्यक्रम हुनलागेको उहाँले जानकारी दिनुभयो । (तस्बिर : रासस)
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय