
काठमाडौं, कात्तिक १८। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
काठमाण्डौ जिल्ला अदालतमा दुवै पक्षको बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
प्रतिवादी लामिछानेको तर्फबाट हिजो आठजना वकिलले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिने भएको छ ।