भूकम्पका घाइते भएकालाई हेलिकप्टरबाट उद्धार, डोटीमा उपचार हुँदै

दिपायल, कात्तिक २३। गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।
सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको छ । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ। गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो। उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय