Kath Khabar
अशोक लेलैण्डका नौ थान बारुणयन्त्र प्रदेश नं. २ आन्तरिक मामिला मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं, जेठ १८ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्वारा प्रवर्दित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गर्नुभएको छ । प्रदेश नं.२ को माग अनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको बताएको छ ।

मन्त्रालयका पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले नौ थान दमकल हस्तान्तरण गर्नुभएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने वताउनुभयो । कुसवाहाले चालू आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताउनुभयो ।

अशोक लेलैण्डको १६१६ आई एलमोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज “शीबौरा कम्पनीको” पम्प प्रयोग गरिएको छ जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ । यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ, साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ । कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ ।

केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताउनु भयो । दमकलको कार्य क्षमता, यसमा रहेका अत्याधुनिक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update