Kath Khabar
नरदेवी मन्दिरबाट गणेशको मूर्ति चोरी


              काठमाडौं, मंसिर १। काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित नरदेवी मन्दिरबाट सानो चाँदीको गणेशको मूर्ति बुधबार दिउँसो चोरी भएको छ ।

उक्त मन्दिरको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update