Kath Khabar
वर्षा र हिमपातको सम्भावना

 

             काठमाडौं, पुस ३ । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। विभागले प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै धरानको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update