
काठमाडौं, पुस १२ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएर जाहेरी दिने किशोरीको उमेर उनी जन्मेको अस्पतालबाट झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो ।
पीडित भनिएकी किशोरीका दाजुले बहिनी वीरगञ्जमा जन्मिएको बताएपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनुभयो ।
अदालतले क्रिकेटर देव खनाल र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि वकपत्रका लागि बोलाउन आदेश दिएको उहाँले बताउनुभयो । घिमिरेले सन्दीप लामिछानेबिरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउने बताउनु भएको छ ।
बलात्कारको मुद्धा खेपीरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।