Kath Khabar
जनकपुरमा रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु

 

            जनकपुरधाम, पुस १३ । जनकपुर-जयनगर रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका-२ राघोपुर बस्ने अन्दाजी ३५ वर्षीय पुरन सादा रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलमा चढ्न खोज्दा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर मृत्यु भएको हो । रेल चढ्न खोज्दा लिकमा खसेका पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको धनुषा प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update